arrow

राजविराजमा सकेट बम फेला, जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
socket-bomb.jpeg
राजविराज । सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । 
 
स्थानीय विनोद चौधरी दासको घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् । 
 
बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए । 
 
यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । 
 
बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ