arrow

चैते दशैंका अवसरमा मुलुकभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

असोजमा जस्तै पूजा आराधना

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
devi-ghagwati.jpeg
काठमाडौं । मंगलबार चैते दशैं । शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी चैते दशैं मनाइँदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ ।
 
आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ ।
 
चैते दशैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
 
वर्षमा दुई पटक असोज शुक्ल दशमी तथा चैत शुक्ल अष्टमीका दिन मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व छ । 
 
यस दिन घरघर र देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । चैते दशैंमा जमराको भने प्रयोग गरिंदैन ।
 
चैते दशैंमा बिदा नपाइने भए पनि अर्को दिन रामनवमीमा भने सरकारले सार्वजनिक बिदा दिने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ