काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले तराई-मधेसको संवेदनशीलता काठमाडौंले कहिल्यै नबूझेकाले मधेसको समस्या जटिल भएर गएको बताएका छन् । उनले तराई-मधेसलाई नेपालमै पर्छ र यहाँका जनता नेपाली नै हून भन्ने कूरा काठमाडौंले नबूझी मधेसीको राष्ट्रियतामा सधै शंका गरेको समेत बताए ।
हिन्दीलाई राष्ट्रिय भाषा मान्न नसकिने बताउदै कोइरालाले अंगिकृत नागरिकता प्राप्त ब्यक्तीलाई राज्यको संवेदनशील पदमा पूग्नै नसक्ने बताए । काँग्रेस पर्सा क्षेत्र नं-२ को सम्मेलनलाई संबोधन गर्दै उनले तराई-मधेस नेपाली काँग्रेसले मात्रै बचाउँन सक्ने बताए ।निर्वाचनमा पार्टीका उम्मेदवार हराउँन लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने बताउदै स्थानिय निर्वाचनमा ईमान्दार भएर लाग्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे।
कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया,पर्शा काँग्रेसका सभापती अजय दूवेद्धी,सांसदहरू-राजेन्द्र अमात्य,सूरेन्द्र चौधरी,पूर्व सांसद शोभाकर पराजूली,नेत्रृ रिता खनाल, तरूण दल केन्द्रिय सदस्य बिरेन्द्र पटेल लगायतले मन्तब्य राखेका थिए ।