काठमाडौं । न्यूमोनियाबाट ग्रसित भएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री दिलनाथ गिरी पूर्ण स्वस्थ्य भई अस्पतालबाट घर फर्किएका छन् । करिब एक साताको उपचार पछि मन्त्री गिरीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि उनलाई डिस्चार्ज गरिएको ओम अस्पतालले जानकारी दिएको छ ।
मन्त्री गिरीको उपचारमा छाति रोग विशेषज्ञ डाक्टर सुवोध सागर ढकाल संलग्न थिए । मन्त्री गिरीलाई कम्युनिटी एक्वाईर्ड निमोनिया भएको डाक्टर ढकालले जानकारी दिए । डिस्चार्ज हुनुअघि मन्त्री गिरीले ओम अस्पतालको सेवाबाट आफू शतप्रतिशत सन्तुष्ट रहेको बताउँदै आफनो उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई धन्यवाद दिए । मन्त्री गिरी चैत्र १५ गते अस्पतालमा भर्ना भएका थिए ।