arrow

हिसिलाले माफी मागिन्, 'भाषागत कमजोरीले ''देश खारेज गर'' भनेकी हुँ'

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
hisila_yami.jpeg
काठमाडौं । देश खारेज गर भन्ने अभिव्यक्तिका कारण विवादमा आएकी नयाँ शक्ति नेपालकी परराष्ट्र समन्वय विभागकी संयोजक हिसिला यमीले माफी मागेकी छिन् । सोमबार एक विज्ञप्ती जारी गर्दै यमीले आफूले सो शब्द निकालेको स्वीकार गर्दै भाषागत कमजोरी र बेहोसी पारामा आफूले सो शब्द निकालेको बताएकी हुन् । 
 
निर्वाचन आयोगको नयाँ शक्ति नेपाल लगायतका केही दलहरुलाई दलीर चुनाव चिह्न नदिने निर्णय विरुद्धको प्रदर्शनमा प्रहरीले पक्राउ गरेपछि देश खारेज गर भन्ने अभिव्यक्ति दिएपछि यमी विरुद्ध सामाजिक सञ्जालमा चर्काे विरोध भएको थियो । सोही विरोधलाई चिर्नको लागि यमीले विज्ञप्ती निकालेकी हुन् । 
 
यमीले आफू जनजातीकी छोरी रहेकोले नेपाली भाषामा राम्रो दख्खल नरहेको स्वीकारेकी छिन् । उनले नेपालीमा राम्रो दख्खल नभएको र आन्दोलनको चापका कारण आफू अर्धमुर्छित र बेहोशी भएकोले त्यही बेहोसीपनामा आफूले निर्वाचन आयोगको विभेदपूर्ण आदेश खारेज गर भन्नुपर्नेमा देश खारेज गर भन्ने शब्द आएकोले सो विषयमा आफू सबैसमक्ष माफी माग्ने बताएकी छिन् । 
 
उनले आफ्नो प्यारो मातृभूमिमाथी यस्तो शब्द बोल्न त के आफूले सोच्न समेत नसक्ने भन्दै माफी मागेकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ