arrow

परिवर्तनको नाममा पुराना मुल्य, मान्यतालाई कसैले पनि नकुल्चौ : उपप्रधानमन्त्री थापा

ऐतिहासिक चैत्र अष्टमी मेलाको उदघाटन

logo
नारायण रिजाल,
प्रकाशित २०७३ चैत २१ सोमबार
Kamal-Thapaकक.jpeg
बागलुङ । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले । परिवर्तनको नाममा पुराना मुल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन नहुने बताएका छन । सोमबार बागलुङको एतिहासिक चैत्र अष्टमीको उद्घाटन गदै उनले संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएका हामी सबैले उक्त भुमिका निर्वाह गर्नुपर्ने बताए ।  उनले पर्व, संस्कृति र रीतिरिवाज मुलुकको पहिचान भएको उल्लेख गरे  ।
 
‘ चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्छ थापाले भने  नेपाल विविधतापूर्ण देश हो, विश्वमै हाम्रो अलग पहिचान छ’ यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो ।’ 
 
मेला, महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण र व्यापार प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याउने उनको भनाइ रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाले आजै धवलागिरि अञ्चल स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका थिए । सो अवसरमा उनले नजिकिएको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अध्यक्ष थापाले राप्रपाको लागि स्थानीय तहको निर्वाचन जीवनमरणको प्रश्न जस्तो भएको उल्लेख समेत गरेका थिए ।  
 
‘हाम्रा निमित्त यो निर्वाचन अतिनै महत्वपूर्ण छ, पार्टीलाई जुनसुकै हालतमा सफलता दिलाउनु पर्छ’ अध्यक्ष थापाले भने मुलुकलाई अहिलेको सङ्कटबाट मुक्त गर्न राप्रपाले मात्र सक्ने बताए । पार्टीका नीति, कार्यक्रम जनतामाझ बुझाउँदै निर्वाचनबाट पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागिपरेको उनको भनाई थियो ।  उनले देश र जनताका विरुद्ध हुने गतिविधि राप्रपालाई मान्य नहुने बताए ।  
 
उपप्रम थापाले आजै जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग स्थानिय निर्वाचनको बारेमा छलफल पनि गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ