बागलुङ । उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रि कमल थापाले आगामी बैशाखमा ३१ हुन गै रहेको स्थानीय तहको निर्वाचन सफल वनाउन कर्मचारीलाई निर्देशन दिएका छन ।
जिल्ला समन्वय समितिको कार्यालय बागलुङमा आयोजित कार्यक्रममा वोल्दै उनले स्थानिय व्यवस्था कार्यन्वयनमा आएकोले यो सामान्य प्रक्रिया नभएको भन्दै आधुनिक नेपालको निर्माण पछी संचालन भैरहेको देशमा अहिले गुणात्मक परिवर्तन भएको बताएका छन ।
थापाले विवाद भएका स्थानिय निकायको विवाद निर्वाचन पश्चात हल हुने वताउनु भयो । कार्यक्रममा स्थानीय तह सम्वन्धी आएको परिवर्तन सामान्य नभएको र गरिएको सिमाङन र नामाकरण देशको गुणात्मक परिवर्तन भएको बताए ।
देशको आवश्यकता र परिवेशलाई दृष्टिगत गदै जनताको शासन जनताले गर्ने तथा आफनो गाउको विकास अफै गर्ने प्रयासको थालनि भएको बताउँदै थापाले नया र मौलीक रुपमा देश अगाडी वढ्दा केही विरोध हुनु स्वभाविक रहेको हुँदा अस्पष्टता र विवाद सरकारले निराकरण गदै जाने बताए ।
कर्मचारी व्यवस्थापनमा भएको अन्योलतालाई नयाँ संरचना अनुसार गृह कार्य भइरहेको उनले जानकारी दिए । सो अवसरमा बागलुङको पमुख जिल्ला अधिकारी भागिरथ पाण्डे , जिल्ला समन्वय समितिका संयोजक स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जिल्लाको अवस्थाको वारेमा जनाकारी गराएका थिए । थापा बागलुङमा चैत्राष्टमी मेलाको उद्घाटन गर्न बागलुङ आएका हुन ।