arrow

[अपडेट] चितवन घटना : एकको ज्यान गयो, तीन सवारीको मात्रै पहिचान

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
chitwan_accidenta.jpeg
काठमाडौं । मुग्लीन नारायणगढ सडक खण्ड स्थित चितवनको कविलास घुमाउने भन्ने ठाउँमा गएको सुख्खा पहिरोमा परी एक जनाको ज्यान गएको छ । विहान साढे १० बजेतिर भएको दूर्घटनामा मोटरसाईकलमा सवार एक व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले जानकारी दिए । 
 
बा १० प ४८४४ नम्बरको मोटरसाईकलका चालक उनको सनाखत भईनसकेको प्रहरीले जनाएको छ । सोही मोटरसाईकलमा सवार अर्का एकजनालाई भने उपचारको लागि भरतपुर अस्पतालमा पठाईएको छ ।  त्यस्तै, ना ४ ख ५४१९ नम्बरको ट्याङ्कर चालक पनि गम्भीर घाईते भएका छन् । प्रहरीका अनुसार उनको पनि सनाखत हुन सकेको छैन भने थप उपचारका लागि उनलाई पनि भरतपुर अस्पताल पुर्याईएको छ । 
 
उता, रा १ ख ७८९ नं को मिनिट्रकका चालकलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ । यद्यपी मिनिट्रक भने पूर्ण क्षती भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ