arrow

काठमाडौँ प्रशासनले निषेधित क्षेत्र तोक्यो, यी क्षेत्रमा धर्ना–जुलुश गर्न नपाइने (सूचनासहित)

logo
प्रकाशित २०७३ चैत २० आइतबार
CDO-ktm.jpeg

काठमाडौं । काठमाडौँ प्रशासनले निर्वाचन आयोगसहित ६ स्थान वरपर धर्ना जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले अर्को आदेश जारी नभएसम्मका लागि कुनै पनि किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउ, जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरु गर्न नपाउृने गरी निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गरेको हो ।  

आसन्न वैशाख ३१ को स्थानीय तह निर्वाचनमा दलीय चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिसहितका दलले निर्वाचन आयोग घेराउ थालेका छन् । केही दिन अघि राप्रपाले समेत आफुहरुको विधानमा भएको एजेण्डा हटाएको भन्दै आयोगमा धर्ना दिएको थियो ।
नयाँ शक्ति लगायतले निर्वाचन ऐन संवैधानिक व्यवस्था विपरीत रहेको भन्दै आइतबार आयोग घेराउ गरे । उनीहरुले घेराउ गरेकै दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र घोषणा गरेको हो ।

आयोगको केन्द्रीय कार्यालय बहादुर भवनको उत्तरतर्फ केशरमहल चोक र दक्षिणतर्फ ज्याठागल्ली मोडलाई निषेधित क्षेत्र तोकिएको छ । यसैगरी, शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र उपराष्ट्रपति निवास वरपर पनि निषेधित क्षेत्र तोकिएको छ । आइतबार आयोग घेराउका क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले पूर्व प्रधानमन्त्री समेत रहेका बाबुरामभट्टराई लगायत नेताहरुले नियन्त्रणमा लिएको थियो ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ