arrow

डोटीको पिपल्ला बजारमा आगलागी, ट्याङ्कर र पेट्रोल पम्प जल्यो

logo
प्रकाशित २०७३ चैत २० आइतबार
doti-aaglagi.jpeg

डोटी । डोटीको पिपल्ला बजारमा आगलागी भएको छ । जेबि आयल स्टोरबाट सल्केकाे आगाेबाट पेट्राेल पम्प, तेलसहितकाे एउटा ट्याङ्कर, पम्प स‌ंचालककाे काउन्टर, एउटा खाजा घर र एउटा सुनचाँदी पसल जलेका छन् । यस्तै, पम्ममा रहेकाे करिब १२ हजार लिटर तेल जलेर नष्ट भएकाे बताइएकाे छ । अागाे नियन्त्रणमा अाएकाे प्रहरीले जनाएकाे छ । सुरक्षाकर्मी, स्थानीय र वारुण यन्त्रकाे प्रयासले आगो नियन्त्रणमा अाएकाे बताइएकाे छ ।

पेट्रोल पम्पमा रहेका ड्रम पढ्केर अन्य घरमा आगो सल्केपछि स्थानीय त्रसित बनेका थिए । यद्यपि, पक्की घरहरुमा अा‌ंशिक मात्रै क्षाति पुगेकाे छ । ट्याङ्करबाट तेल खन्याउने क्रममा आगलागी भएकाे प्रहरीले जनाएकाे छ । ट्याङ्करबाट तेल खन्याइरहेका बेला कसैले चुराेट सल्काएकाे हुन सक्ने वा चुराेटकाे ठुटा फालेकाे हुन सक्ने र त्यसैबाट अागाे लागेकाे हुन सक्ने प्रहरीले अनुमान छ ।

Image may contain: 2 people, child and outdoor

Image may contain: outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ