arrow

नेपाल-भारत सीमा बन्द हुँदा नेपाली व्यवसायीलार्इ ८ गुणा बढी नाफा

फस्टायो हाट बजार

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७३ चैत २० आइतबार
punarbas_hatbazaar.jpeg
कञ्चनपुर । नेपाल भारत सीमा क्षेत्रमा बिगत केही हप्तादेखि भएको आवागमन बन्दका कारण कञ्चनपुरको पुनर्बासमा हाटबजारमा किनमेल गर्नेको घुईचो बढ्न थालेको छ । खुला सिमानाका कारण सुनसान बनेको पुनर्बास स्थित आइबिआरडी बजारमा लाग्ने साप्ताहिक हाटबजारमा अचेल किनमेल गर्नेको संख्यामा वृद्धि भएको छ । 
 
गएको फागुन २६ को घटनाले भारतीय बजारमा किनमेलका लागि जाने उपभोक्ताहरु अहिले हाटबजारमा केन्द्रित बनेका छन । प्रत्येक शनिबारका दिन लाग्ने हाटबजार सुनसान हुने गरेकोमा अहिले उपभोक्ताको घुइँचो बढ्दा बिक्री बढेको ब्यापारीहरु बताउँछन । 'खुला सीमाना र सहज आवागमनले गर्दा बिगतमा सुनसानहुने आईबिआरडीको बजारमा बिक्री बढेको छ । सीमा पारीका भारतीय बजार जान आउन बन्द भएपछि नेपाली बजारमा सर्बसाधारणको घुइँचो बढेको शिखर सु-सेन्टरका सञ्चालक रामबहादुर गुरुङले बताए । 
 
भारत-नेपाल जान आउन खुला भएको समयमा हाटबजारमा मुस्किलले ५ सयको तरकारी बेच्दै आएकी राम दुलारी चौधरीले भनिन् 'अहिले त ३ देखि ४ हजार सम्मको बिक्री भैरहेको छ ।'यसरी खुला सिमानाको आवागन रोकिने  हो भने नेपाली उत्पादनले बजार र अबसर पाउने थियो ।' 
 
फागुन २६ को घटना पछि नेपालीहरु भारतीय बजार जान छोडे पछि आनन्दबजारको सीमावर्ती बसही बजार सुनसान बनेको र नेपाली बजारमा बिक्री बढेको छ । भारतीय बजारमा भर पर्ने गरेका नेपाली उपभोक्ता पारी जान रोकिएपछि सुनसान बनेको हाटबजारले पुनर्जीवन पाएको कालिका हाटबजार ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद अधिकारीले बताए । 
 
सीमा पारी आवागमन हुने बेला भन्दा नाका बन्द हुँदा अहिले पुनर्बासका बजारहरुमा बिधुतिय उपकरणको बिक्री बढेको आइबिआरडीमा सागर ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक सागर गैरेले बताए ।बिगतमा ५देखि ८ हजारको बिक्री हुने गरेकोमा अहिले दैनिक १५ देखि २० हजार सम्मको बिक्री बढेको व्यापारी गैरेले बताए । 
 
सीमा क्षेत्रको बिवादका कारण भएको झडपका कारण बन्द हुनपुगेको दक्षिणी नाकाबाट नेपाली बजारको बिक्री बढ्नुका साथै सीमामा हुने भारतीय एसएसबीको दुर्ब्यबहारबाट समेत नेपालीहरु जोगिएको स्थानिय बासिन्दाले बताएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ