arrow

फलेवास नगरपालिकाका वडाहरुमा काँग्रेसले छान्यो सर्वसम्मत उम्मेदवार

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ चैत २० आइतबार
Congres-FNL.jpg.jpeg
पर्बत । नेपाली काँग्रेस पर्वतले नगर, गाउँ र वडामा स्थानीय निर्वाचन केन्द्रित भेला, छलफल र अन्तर्क्रियालाई तिव्रता दिएको छ । यसक्रममा आईतबार फलेवास नगरपालिका ६ देविस्थानमा नेपाली काँग्रेस देविस्थान वडाको आयोजनामा आसन्न स्थानीय तहको निर्वाचनको रणनीतिका वारेमा छलफल भएको छ । 
 
जिल्ला कार्यसमितिका पदाधिकारीको उपस्थितीमा सबै वडाका सभापति र कृयाशील सदस्यहरु सहभागी भएको भेलाले आगामी स्थानीय तहमा वडावाट अध्यक्ष र सदस्यमा पठाउने उम्मेदवारको वारेमा सर्वसम्मत नामावली तयार पारेको छ । वडा अध्यक्ष र अन्य पदका उम्मेदवार को को उठ्दैछन् भन्ने विषयमा भने अहिले तत्काल सार्वजनिक नगर्ने सहमति भएको नेपाली काँग्रेस फलेवास नगर समितिले जनाएको छ । 
 
भेलामा व्यापक छलफल गरी आगामी स्थानीय तहको निर्वाचनमा सबै विवाद र वैमन्यस्यता त्यागेर काँग्रेसलाई विजयी गराउन सबैले एकमत व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव युक्तप्रसाद श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचन काँग्रेसले नजित्ने हो संविधान कार्यान्वयन पनि नहुने, गणतन्त्रको संस्थागत विकास पनि रोकिने र देशमा आजसम्म भएका परिवर्तन ओझेलमा पर्ने वताए । 
 
उनले वडा, नगर, प्रदेश र संघमा काँग्रेसले जितेमात्रै उपलब्धिहरु संस्थागत हुने ठोकुवा गरेका हुन । कार्यक्रममा धारणा राख्नेहरुले काँग्रेसलाई जस्तोसुकै त्याग गरेर भएपनि विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाली काँग्रेस देविस्थानका सभापति नारायण प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, फलेवास नगर समन्वय समितिका संयोजक हिरामणी सापकोटा, पूर्व महासमिति सदस्य गंगाराज शर्मा, पूर्व जिल्ला कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, क्षेत्रीय सदस्य पूर्णकुमार श्रेष्ठ, पूर्व गाउँ सभापति शेषकान्त भुसाल, कृयाशिल सदस्य किरणप्रसाद श्रेष्ठ, नारायणप्रसाद भुसाल, गोपालप्रसाद भुसाल, गोपालप्रसाद पौडेल सहित साविकका ९ वटै वडाका सभापतिहरुले काँग्रेसका उम्मेदवारलाई हरहालतमा जिताएर छाड्ने उत्साह व्यक्त गरेका छन् । 
 
वडामा काँग्रेस वलियो भएमा नगर र प्रदेश र संघमा समेत पार्टि वलियो हुने भएकाले वडामा वढि मिहेनत गरेर रातदिन पार्टिको संगठन वलियो बनाउन लागिपर्ने काँग्रेसी कार्यकर्ताहरुले प्रतिवद्धता जनाएका थिए । उक्त अवसरमा नेकपा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका साविक देविस्थान ५ का प्रेम नेपालीलाई काँग्रेसमा प्रवेश गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ