arrow

नारायणी नदीमा उल्टो वहाव, एक दर्जनबढी गाविस बाढीको उच्च जोखिममा

logo
प्रकाशित २०७३ चैत २० आइतबार
narayani-nadi.jpeg
नवलपरासी । चितवन जिल्लाले नारायणी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाएपछि नवलपरासीका साविकका एक दर्जन बढी गाविस बाढीको उच्च जोखिममा परेका छन् । 
 
चितवन जिल्ला विकास समितिले ठेक्का लगाएका कारण नवलपरासीका नारायणी नदी छेउका यी गाविस बाढीको जोखिममा परेका हुन् । 
 
ठेकेदारले नदीजन्य पदार्थ निकाल्दा नारायणी नदीको बहाव पश्चिमतर्फ फर्काएपछि नवलपरासीका दर्जन गाविस कटान र डुबानको उच्च जोखिममा परेका छन् । 
 
नारायणी नदीको बहाव परिवर्तन हुने गरी नदीजन्य पदार्थ निकालिएपछि स्थानीयवासी अक्रोशित भएका छन् । 
 
नदीको बहाव परिवर्तन भएपछि नदी साविकको स्थानभन्दा पश्चिम नवलपरासीतर्फ हानिएको छ । 
 
नदी पश्चिमतर्फ हानिएपछि नवलपरासीका साविक गैँडाकोट, पिठौली, रजहर अग्र्यौली, कुमारवर्ती, नारायणी, त्रिवेणी सुस्ता, नरसही, कुडिया, गुठी सूर्यपुरा, मुकुन्दपुर, अमरापुरी, दिब्यपुरी, प्रगतीनगर, कावासोती, कोलुवा, पक्लीहवालगायतका एक दर्जन गाविस डुबान र कटानको उच्च जोखिममा परेका हुन् । 
 
मनपरि नदीजन्य पदार्थ निकाल्ने ठेकेदार र जिविस चितवनलाई कारबाही गर्नुपर्ने, नदीको बहाव पुरानै स्थानमा लैजान स्थानीय नदी छेउका मानिसले माग गर्दै विभिन्न सरोकारवाला सरकारी कार्यालयमा निवेदन दिइएको स्थानीय गङ्गा पाण्डेले बताए । 
 
गण्डक नदीको पीडा खेप्दै आएका त्रिवेणी दक्षिणका बासिन्दालाई थप क्षति हुने निश्चित छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ