arrow

उर्जामन्त्री शर्मा भन्छन् – निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमै

logo
प्रकाशित २०७३ चैत २० आइतबार
janardan-sharma.jpg.jpeg
गोरखा । ऊर्जामन्त्री जनार्दन शर्माले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सिंहदरबारमा रहेको अधिकार गाउँमै पुग्ने बताएका छन् ।  
 
सदरमुकाममा आयोजित नेकपा माओवादी केन्द्र गोरखा नगरपालिकाको पहिलो सम्मेलनमा मन्त्री शर्माले निर्वाचनले परिवर्तनका मुद्दा संस्थागत गर्ने र सिंहदरबारको अधिकार जनतासमक्ष पु¥याउने बताए । 
 
दलहरुबीच जित, हारको विषयमात्रै नभएर निर्वाचनपछि परिवर्तनका मुद्दा संस्थागत हुने भएकाले निर्वाचनमा जुट्न मन्त्री शर्माले सबैलाई आग्रह गरे । 
 
संविधान संशोधन गरेर मधेसी जनतालाई पनि निर्वाचनतर्फ लैजानुपर्नेमा उनले जोड दिए । मधेसी तथा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्न सरकार तयार रहेको र सबै दल मिलेर निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने मन्त्री शर्माको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ