arrow

सिमरामा १ सय ६७ जना काँग्रेसमा भित्रिए

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
simara_congress.jpeg
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तराईका जिल्लाहरुमा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेको संख्या पनि बढ्दै गएको छ । विभिन्न जिल्लामा दैनिक जसो सयौं संख्यामा पार्टी प्रवेशको समाचार आईरहँदा शनिबार बाराको सिमरामा आयोजित एक कार्यक्रममा १६७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
 
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ का सभापति रामबाबु गुप्ताको सभापतीत्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १६७ जना नेपाली काँग्रेसमा प्रवेश गरेको गुफताले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, कृष्णवर्त सिंह, मुन्नी पाठक, गंगा काफ्ले लगायतको पार्टी प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसमा स्वागत गरेका थिए । 
 
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ काँग्रेसले आयोजना गरेको कार्यक्रममा नगर सचिव कालिका प्रसाल ढकाल , बजरङगी साह,  क्षेत्रीय प्रतीनीधी राजेश गिरी,जमीरी हजार व्यासुदिन अन्सारी, किसोरी साह, वडामतञ्च संयोजक  विमा गुप्ता महिला सघं अध्यक्ष दुर्गाकुमारी रिजाल ढकाल अतिथी रहेका थिए ।
 
यस अघि पनि मकवानपुर, लमजुङ लगायतका मुलुकका विभिन्न जिल्लामा ठूलो संख्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेको जानकारी आईरहँदा शनिबार जीतपुरमा पनि सो संख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ