arrow

मधेसी दलहरुले पनि स्थानिय तहको निर्वाचनमा भाग लिने : मन्त्री गिरी

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ चैत १९ शनिबार
deepak-giri.jpeg
दाङ । सिचाई मन्त्री दीपक गिरीले मधेसी दलहरुले पनि स्थानिय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।  झण्डै २० बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा मधेसी समुदायहरुले भाग लिन आतुर रहेको दाबी गर्नुभयो । मधेसीहरुले उठाएका सही मागलाई पुरा गर्ने तयारीमा नेपाल सरकार र राष्ट्रिय दलहरुले गृह कार्य गरि रहेको बताए । 
 
रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा शनिबार तुलसीपुरमा आयोजना गरेको मन्त्री गिरीसगको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नम्वर २ मा स्थानियतहको संख्या बढाउने गरि छलफल भई रहेको जानकारी    दिए। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै र नेपाली काग्रेस लगायतका दलहरु सक्रिय रुपमा लागि रहेको बताए । हाललाई सीमाकंनलाई थाती राखि आयोगबाट गर्ने गरि छलफल अगाढी बढि रहेको उनले बताए ।
 
बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनमा सबैको सहभागिता हुने संकेत देखिएको बताए । नेपाली काग्रेसका केन्द्रीय सदस्य  समेत रहेका मन्त्री गिरीले नेपाली काग्रेंस केन्द्रीय समितीको हालै सम्पन्न बैठकले पनि स्थानिय तहको निर्वाचनमा देशभर चुनावी माहौल वनाउन निर्देशन दिएको बताए ।
 
 २०१५ सालमा स्थानिय निर्वाचन गराएको भए तत्काल राजा महेन्द्रले महामानव बीपिमाथि क्रुर कदम चाल्न सक्ने थिएन् उनले भने। त्यसकारण पनि लोकतन्त्रको संस्थागतका लागि स्थानिय निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ