arrow

सशस्त्रको एआइजी सिफारिसमा को–को परे ?

यसअघि अदालत पुगेका उत्तम खड्का सिफारिसमा परेनन्

logo
प्रकाशित २०७३ चैत १९ शनिबार
APF.gif.gif

काठमाडौं । बढुवा समितिले तीन जनालाई सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक एआइजी बढुवाको सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । यद्यपि, शुक्रबार अबेर निर्णय भएकाले गृहमन्त्रालयमा सिफारिसको सूचना पुगेको छ । गृह प्रवक्ता बालकृष्ण पन्थीले आफुहरुकहाँ जानकारी आइनसकेको बताए ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ बमोजिम उनीहरुको नाम एआइजीमा सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । प्रतिस्पर्धी उत्तम खड्काको नाम भने यसपटक पनि सिफारिस नपरेको बताइएको छ । यसअघि पनि आफ्नो नाम सिफारिसमा नपरेपछि खड्का अदालत पुगेका थिए ।

एआइजी जीतबहादुर पुन र कृष्ण कुमार तामाङ आइजीपी दुर्जकुमार राईसँगै ३० वर्षे सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका थिए । त्यसअघि नै एउटा पद खाली रहेपनि खड्का त्यसमा परेनन् । सशस्त्रमा ३ जना एआइजी रहने प्रावधान छ ।

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ