कलैया । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं बाराको निर्वाचन क्षेत्र नं. ३ का सांसद फरमुल्लाह मन्सुरले सम्पुर्ण राजनितिक दलहरुलाई समेटि मुलुकलाई निकाश दिने तर्फ नेपाली कांग्रेस लागि परेको बताएका छन् ।
नेपाली कांग्रेस जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ७ ले शनिबार जीतपुरमा आयोजना गरेको साधारण सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मंसुरले मुलुकमा राजनिति निकाश भएमा मात्र मुलुकले विकासमा बाटोमा हिडने बताए । उनले कुनै पनि देशमा जबसम्म राजतिकि निकाश हुदैन तबसम्म मुलुकको विकाश नहुने भएकाले नेपाली कांग्रेस त्यसै बाटोमा अहिले हिडिरहेको छ ।
बन्द, हडतालले मुलुकको निकाश नहुने भन्दै सांसद मंसुरले बन्द, हडतालको बाटो त्यागन आग्रह समेत गरे । सम्पुर्ण राजनितिक दलहरुलाई समेटेर गएमा मात्र मुलुकमा आर्थिक उन्नती, प्रगति, शान्ति आउने बताए । कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसी जनताहरुलाई मधेशवादी दलका नेताहरुले पहाडीलाई गर्ने गरेको गालीले ती दलहरु देशको हितमा काम गर्ने पार्टी नभएको सांसद मंसुरले टिप्पणी गरेका थिए ।
पहिलो संविधान सभा २०६४ सालमा भएको निर्वाचनमा फोरम नेपालको त्यती सिट आएपनि मन्त्री बन्नको लागि राता–रात पार्टीलाई टुक्रयाएर मन्त्री बनेकाहरुले आज ठूला–ठूला गफ दिएर मधेसीको हक–अधिकारको बारेमा कहिल्यै पनि सोच्न नसक्ने सांसद मंसुरले आरोप लगाए । सामाजिक सदभावलाई कायम राख्न कांग्रेसले पुलको काम गरिरहेको तर एमाले जस्ता दलहरुले सम्प्रदायिकता फैलाउने काम गर्ने गरेको समेत सांसद मंसुरले आरोप लगाए ।
कार्यक्रममा एक सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई सांसद मंसुरले टिका लगाएर स्वागत गर्नुको साथै साधारण सदस्यता वितरण गरेका थिए । रामबाबु गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा कृष्णव्रत सिंह, राजेश साह कानु, मुना अंसारी लगायतकाले मन्तब्य