हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ शक्तिखोलामा नेपाली काँग्रेसले भेला तथा अन्र्तक्रिया गरेको छ । नेपाली काँग्रेस साविक हेटौंडा १९ का सभापति बलराम पुलामीको सभाध्यक्षता पार्टीका जिल्ला सचिव बुद्ध लामाको प्रमूख आथित्यतामा भेला तथा अन्र्तक्रिया कार्यक्रम भएको थियो ।
कार्यक्रममा अथितिहरु जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महाधिबेशन प्रतिनिधी बमबहादुर थिङ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा शिव, नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य कृष्ण सापकोटा, नेपाल प्रेस युनियन मकवानपुरका सहसचिव तथा पार्टीका सूचना तथा संचार प्रमूख सुजन विडारी, पूर्व महासमिति सदस्य रामप्रसाद अधिकारी, साविक हेटौंडा २१ का सभापति रामकृष्ण कोईराला, होमनाथ गौतम, बसन्त दाहाल, निरन्जन दाहाल, तरुण दल जिल्ला सदस्य अजय सापकोटा, नविन तिवारी, मोहनप्रसाद बस्ताकोटी, हरिप्रसाद अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा चिनबहादुर सिं वाइबा, चिनबहादुर थिङ लगायत एमाले, माओवादी केन्द्र, राप्रपाका विभिन्न पार्टी परित्याग गरी २ सय ६५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । भेलाले १६ नम्बरमा केदासिं वाइबाको संयोजकत्वमा ३० सदस्यीय निर्वाचन परिचालन समिति समिति गठन गरिएको छ।
त्यसैगरी हेटौंडा ६ माथिल्लो हात्तिलेटमा काँग्रेसले शुक्रबार भेला तथा अन्र्तक्रिया गरेको छ । हात्तिलेट टोल ईकाई संयोजक गोकुलप्रसाद चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा अथितिहरु पार्टी सचिव बुद्ध लामा, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, सल्लाहकार अशोक शाक्य, नगरसभापति आनन्दराम पराजुली, वडा नम्बर ६ ईकाई अध्यक्ष रामहरि तिमल्सिना, गोपालप्रसाद दुलाल, विष्णुप्रसाद दाहाल सुमित्रा न्यौपाने, होमनाथ गौतम, महादेव शर्मा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
नेविसंघद्वारा ज्ञापनपत्र
उता, आफ्ना नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरक यो नारायण दुवाडी माफत प्रधानमन्त्री प्रचण्ड लाई ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ मकवानपुरले सघंका पूर्वकेन्द्रीय सदस्य जाजरकोटका रवीन्द्र शाहको मङ्गलबार राति जाजरकोट सदरमुकाम नजिक चार–पाँचजनाको समूहले हत्या गरेको विरोधमा जिल्ला अध्यक्ष राजु खतिवडाले प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल, जिल्ला सदस्य रोहित थापा, रविन न्यौपाने, दीपक फुयाँल, ३ नम्बर क्षेत्र क्षेत्रीय सभापति सुभाष सापकोटा, वन बिज्ञान क्याम्पसका ईकाई सभापति पंकज ठाकुर, मकवानपुर बहुमखी क्याम्पसका ईकाइ सभापति उमेश स्याङ्गतान, मिलन पुडासैनीलगायकाको उपस्थिति रहेको थियो ।
केन्द्रको निर्णय अनुसार बिहिबार विरोध जुलुस प्रदर्शन गरेको थियो भने शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने नेबिसंघ जिल्ला अध्यक्ष खतिवडाले बताए।