हेटाैडा । मकवानपुरको मनहरी गाउँपालिकाको नयाँ बस्तीमा गाँजा तस्कर र प्रहरीबीच बिहान झडप भएको छ । दिउँसाे साढे एक बजे गोली हानहान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। विशेष सुचनाको आधारमा भारत तस्करी हुन लागेको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले गोली चलाएपछि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेव गौतमले बताए ।
सुनाचुरीको जंगलको बाटो हुँदै मकवानपुको पश्चिम बिकट गाउँबाट ल्याइएको गाँजा र चरेश बरामद गर्ने क्रममा गाँजा तस्करहरुले पहिलो गोली चलाए पछि जवाफी फ़ायर गरेको र तस्कर भागने क्रममा चार जना तस्कर पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार नै जिल्ला अदालत मकवानपुरमा म्याद थप गरिएको गाँजा तस्करीमा संलग्नमा फरार भएकाहरको खोजी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ५ सय ४६ केजी गाँजा र ४५ किलो चरेस बरामद गरिएको र पक्राउ परेकाको नाम भने खुलाइएको छैन ।