पुनर्वास । गत साता पुनर्वासको आनन्दबजारमा अतिक्रमणको बिरोधमा प्रदर्शनका क्रममा भारतीय प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका शहीद गोबिन्द गौतमका परिवारलार्इ भेट्न पुर्व प्रधानमन्त्री माधब नेपाल शुक्रबार पुनर्वास आउने भएका छन् ।
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली अभियानका क्रममा हिजो महेन्द्रनगर पुगेका एमाले वरिष्ठ नेता नेपाल सीमा जोगाउन गरिएको प्रदर्शनमा दिबंगत भएका गौतमका परिवारलार्इ भेट्न आउने भएको नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्ले बताए ।
विहीबार महेन्द्रनगरमा आयोजित कार्यक्रमका अबसरमा एमालेले सहिद परिवारलाई ५ लाख आर्थिक सहयोगको घोषणा गरेको थियो । शुक्रबार सो सहयोग राशी शहीद परिवारलाई हस्तान्तरणको कार्यक्रम समेत रहेको जनाइएको छ ।