arrow

नेपाल–भारतबीचको प्रबुद्ध समूहको बैठक तेस्रो पटक स्थगित, भारतले दियो धोका

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
nepal-india-flag.jpeg
काठमाडौँ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ । 
 
यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक बिहीबार राति भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए । 
 
उनले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त बैठक यही चैतको अन्तिम साता बस्ने गरी स्थगन गरिएको बताए । 
 
यसअघि पनि उक्त बैठक पोखरामा आयोजना गर्ने मिति निर्धारण भएपछि अन्तिम समयमा स्थगित भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ