काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिँदैछ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।
शिवालयहरूमा भक्तजनको भीड रहेको छ । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।
यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।
साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने धार्मिक विश्वास छ ।