arrow

भारत सरकारको एक करोड ९० लाखको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
indian-support-to-build-building-education-kanchanpur.jpg

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । 

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन् । 

भारत सरकारको करिब १ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ । 

भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो कञ्चनपुर जिल्लाकै ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरिन् । 

नयाँ पूर्वाधार निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त सिकाइ वातावरण तयार हुने र यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । 

नजिकको छिमेकीका नाताले भारत र नेपालबीच विविध क्षेत्रमा गहिरो सहकार्य रहँदै आएको छ । यस्ता सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने तथा नेपालको विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतको प्रतिबद्धतालाई थप बल पुर्याउने विश्वास लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ