arrow

डा गोविन्द केसी र सरकारी टोलीबीच आज पनि वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
govinda-kc-balan-sarkar-83-4-10.jpg

धनगढी । धनगढीमा गत बिहीबारदखि  आमरण अनशनरत डा गोविन्द केसी र सरकारी टोलीबीच आज पनि वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे बस्नेछ । 

आइतबारको वार्तामा निष्कर्ष नआएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो । यद्यपि सरकारले भने आइतबारै सहमति हुने दाबी गरेको थियो । 

सरकारका प्रतिनिधिहरूले शनिबारदेखि नै अनौपचारिक वार्तालाई निरन्तरता दिएका थिए । गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्ने लगायतका माग राखेर डा केसी अनशनमा छन् । उनको स्वास्थ्यमा खराबी आएसँगै शनिबारदेखि नै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । 

यो सरकारले वार्ताको प्रक्रिया भने छिट्टै थालेको हो । पहिलेका सरकारहरू कम्तीमा एक साता आमरण अनसन बसेपछिमात्र तात्दै आएकामा यसपालि दोस्रो दिनदेखि नै सरकार गम्भीर देखिएको छ । 

यति हुँदाहुँदै पनि आइतबारको वार्ता खेर गएपछि कतै यो सरकार पनि डा केसीलाई गलाउने दिशातर्फ त उन्मुख छैन भन्ने शंका गर्ने ठाउँ बनाइएको छ । 

डा केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्न शुक्रबारै टेलिफोन संवाद गरेको भन्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आइतबारै समाधान निस्कने दाबी गरेका थिए । 

वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा धनगढीमै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ