arrow

कानूनी सुधारपछि विकास निर्माणले गति लिने मन्त्री गौतमको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
sobita-gautam-10-04.jpg

रामेछाप। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानूनी जटिलताका कारण विगतदेखि विकास निर्माणका काम प्रभावित हुँदै आएको बताउँदै वर्तमान सरकारले कानून निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सुधार अघि बढाएको बताएकी छन्।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले देश निर्माणका लागि लक्ष्य निर्धारण मात्र पर्याप्त नहुने र त्यसअनुसारको कानूनी वातावरण पनि सिर्जना गर्नुपर्ने बताइन्।

उनले सरकारले विकास निर्माणसँग सम्बन्धित आवश्यक कानून निर्माण गरिसकेको उल्लेख गर्दै अब विकासका कामले गति लिने वातावरण बनेको दाबी गरिन्।

मन्त्री गौतमले पार्टीका कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारसमक्ष प्रस्तुत गर्न आग्रह गरिन्।

जनहितका विषयमा सरकार गम्भीर र समाधानमुखी ढङ्गले काम गरिरहेको उनको भनाइ थियो।

‘व्यक्तिगत विषयभन्दा जनताको हितका मुद्दा लिएर आउनुहोस्। समस्या समाधान गर्न सरकार अत्यन्त प्रयत्नशील छ,’ मन्त्री गौतमले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ