arrow

सत्ता सम्हाल्न वाम एकता

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा ओली-प्रचण्डको सहमति

कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
oli-prachanda-09.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सहमति भएको छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तीव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो।

शनिबार भएको सहमतिअनुसार पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँड टुङ्ग्याइएको छ, जसमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्नेछ। मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।

पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेटविहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन्।

जनताको चाहना अनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ। उक्त सहमति पत्रमा एमाले अध्यक्ष ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले हस्ताक्षर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ