arrow

जेब्राक्रसमा पर्यटक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
accident-final.jpg

पोखरा । पोखरा महानगरपालिका-१० उत्तमचोकस्थित जेब्राक्रसमा पर्यटक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार दिउँसो करिब २ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ प ००३० नम्बरको पर्यटक बसले जेब्राक्रसबाट सडक पार गरिरहेका स्याङ्जा घर भई हाल पोखरा-१० बस्दै आएका राम (राजु) थापालाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको टाउकोमा गहिरो चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि ग्यालेक्सी अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा दिउँसो ३ः०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न बस चालक स्याङ्जाको भिरकोट नगरपालिका-३ निवासी ३७ वर्षीय दिनेश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ नायव निरीक्षक यामनाथ पनेरूले जानकारी दिए।

यसअघि बुधबार राति पनि पोखरा महानगरपालिका-१५ ढुंगेसाँघुमा ग १ ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा-१५ टुटुङ्गाका १९ वर्षीय सौगात भन्ने लोकबहादुर गुरुङको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ