arrow

‘अपरेसन ३६५’ मा थप १८ मोटरसाइकल नियन्त्रण, सात सय ४० सवारी कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
bike-kaski-police.jpg

पोखरा। कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

त्यस्तै वडा प्रहरी कार्यालय बगरको टोलीले बाग्लुङ बसपार्क र हरिचोक क्षेत्रबाट थप सात ओटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ‘अपरेसन ३६५’ सुरु भएयता हालसम्म सात सय ४० ओटा सवारी साधन र ३६ जना व्यक्ति नियन्त्रणमा परेर कारबाहीको दायरामा आएका छन्।

स्वरूप परिवर्तन गरी अनावश्यक ठूलो आवाज निकाल्ने तथा ध्वनि प्रदूषण फैलाउने सवारी साधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ