arrow

प्रविधिमैत्री र प्रभावकारी सूचना दिने समाचारलाई स्थान दिन आईजीपी कार्कीको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
dan-bahadur-karki-08-04.jpg

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा लामो समाचार र लेख पढ्ने बानी घट्दै गएको भन्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बताएका छन्।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सामाजिक सञ्जाल र टिकटकजस्ता प्लेटफर्मका कारण नागरिकको सूचना ग्रहण गर्ने शैली परिवर्तन भएको उल्लेख गरे।

उनका अनुसार अहिले मानिसहरू लामो सामग्रीभन्दा छोटो र सारगर्भित सामग्री हेर्न तथा पढ्न बढी रुचाउने गरेका छन्।

उनले पढ्ने संस्कृतिमै असर पर्ने अवस्था देखिएकाले नेपाल प्रहरीले पनि समयअनुकूल सूचना सम्प्रेषणको शैली परिवर्तन गर्दै सामाजिक सञ्जालमार्फत छोटा, प्रभावकारी र जानकारीमूलक भिडियो तथा सन्देश सार्वजनिक गरिरहेको बताए।

आईजीपी कार्कीले सञ्चारमाध्यमलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र सीमित नहुन आग्रह गर्दै समाजका सकारात्मक, सिर्जनशील र प्रेरणादायी पक्षलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले कृषि, पर्यटन, उत्पादन, नवप्रवर्तन, सुरक्षा तथा समाजका लागि उल्लेखनीय योगदान दिएका व्यक्तिहरूका सफलता र प्रेरणादायी कथालाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताए।

यस्ता समाचारले सभ्य, सचेत, सिर्जनशील र उद्यमशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ