arrow

हायस गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
accident-final.jpg

पोखरा। पोखरामा हायस गाडीको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय युवकको मृत्यु भएको छ।

बुधबार राति पोखरा महानगरपालिका-१५ ढुंगेसाँघुस्थित सडकमा ग१ज ८२५० नम्बरको हायसले ग १३ प ६०२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पोखरा-१५ टुटुङ्गाका सौगात भनिने लोकबहादुर गुरुङ गम्भीर घाइते भएका थिए।

उनीलाई तत्काल उपचारका लागि नेपाल मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न हायस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ