पोखरा । कास्कीको सराङकोटस्थित बाल सुधार गृहबाट फरार रहेका एक बालबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८२ भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बालबन्दी (परिवर्तित नामथर ०८१/०८२ कास्की-४८) लाई पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई साउन ७ गते पोखरा महानगरपालिका-१३, माछापोखरी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका बालबन्दीलाई आवश्यक कानूनी कारबाहीका लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।