शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
217
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा असन्तुष्ट विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरे। प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
विरोधका कारण विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले प्रदर्शनरत पाँच विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ ।