बागमतीमा पौडी खेल्दा चोभारबाट एक जना बेपत्ता [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
239
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक जना व्यक्ति बेपत्ता भएका छन् । बिहीबार बिहान करिब ११ः ४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए । उनी विदेशी नागरिकसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा पौडी खेल्न पसेका थिए। पौडी खेल्ने क्रममा नदीको बहावमा परेपछि उनी बेपत्ता भएका हुन् ।
घटनालगत्तै उद्धार तथा खोजी कार्य शुरू गरिएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीको टोली, सशस्त्र प्रहरी बलको दङ्गा रेजिमेन्टका टोली र नेपाली सेनाका श्री जगदल गणका टोलीले संयुक्त रूपमा नदीमा खोजी कार्य जारी राखेका छन् ।
बेपत्ता व्यक्तिको अवस्था खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।