arrow

नेपाली शिक्षा परिषदबाट दुई पुरस्कारको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
nepali-sikchaya-parisad-.jpg

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ राप्ती साहित्य परिषद्, दाङलाई प्रदान गर्ने निर्णय गरेको छ । 

परिषद्का अध्यक्ष रमा शर्माद्वारा जारी विज्ञप्ति अनुसार मोफसलमा रहेर पनि रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको राप्ती साहित्य परिषद्लाई पुरस्कार दिने निर्णय गरिएको जनाइएको छ । 

पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

यो पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । 

परिषद्ले कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ‘लेबाल त्रिरत्न पुरस्कार’ नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेक कृतिहरूको सिर्जना गर्ने सर्जक प्रा.डा. जगदीशचन्द्र रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारका साथ नगद राशि ७५ हजार रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 

परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो । 

घोषित दुवै पुरस्कार साउन ३१ गते आइतबार परिषद्को ७६औँ वार्षिकोत्सव, अमृत महोत्सव वर्षको समापन तथा संस्थापक गोपाल पाँडे असीमको ११४आँै जयन्तीका अवसरमा प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ