arrow

मदन पुरस्कार–२०८२

यी हुन् उत्कृष्ट दश कृति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
sahitya.png

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० वटा कृतिको मनोनयन सूची सार्वजनिक गरेको छ। 

यस वर्षको पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाबाट कुल २९८ वटा पुस्तकहरू प्राप्त भएकोमा गुठीले त्यसमध्येबाट उत्कृष्ट १० वटा कृतिको सूची छनोट गरेको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार मदन पुरस्कार–२०८२ को उत्कृष्ट १० को सूचीमा केशवराज ज्ञवालीको अज्ञान, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेपाल समुदायका परम्परागत मृत्युगीत, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वप्नस्पर्श र नदीशाको हिउँद रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ