arrow

मणिमुकुन्द र उजिरसिंहबारे लेखिएको पत्रकार महेन्द्र थापाको पुस्तक लोकार्पण 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
manimukunda-ujirsingh-mahendra-thapa.jpg

बुटवल । बुटवल र पाल्पा क्षेत्रका दुई ऐतिहासिक व्यक्तित्व मणिमुकुन्द सेन र उजिरसिंह थापाबारे लेखिएको पुस्तक लोकार्पण गरिएको छ ।
 
तीन दशकदेखि सञ्चारकर्ममा रहेका पत्रकार महेन्द्र थापाले लेखेको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापाः व्यक्ति, व्यक्तित्व र योगदान’ पुस्तक लोकार्पण गरिएको हो । 

एक समारोहबीच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्व उपमेयर एवं इतिहास तथा संस्कृतिविद् विमलबहादुर शाक्य, अग्रज पत्रकार मदनलाल पौडेल र अर्का इतिहास तथा सस्कृतिविद् राजेन्द्रकुमार आचार्यले संयुक्त रुपमा हालै लोकार्पण गरेका हुन् । 

मणिमुकुन्द सेन पुरानो पाल्पा राज्यका प्रतापी राजा हुन् भने उजिरसिंह थापा वि.सं. १८७१–७२ मा बुटवलमा भएको नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई पराजित गर्ने नेपाली सेनाका कमाण्डर प्रतापी कर्णेल हुन् । 

बुटवल र पाल्पा क्षेत्रको इतिहासका यी दुई व्यक्तित्वलाई समाजमा जीवन्त राख्न र नयाँ पुस्तालाई चिनाउन यो पुस्तक लेखेको लेखक थापाले बताएका छन् ।    

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ