arrow

पैसा

logo
कविता गौतम,
प्रकाशित २०८३ असार ६ शनिबार
kabita-gautam-83-3-6.jpg

नोटको आवाज ठूलो भएपछि
भावनाको आवाज सानो हुने रहेछ

पैसाको चमक बढेपछि
आफ्नोपनको रङ फिक्का हुने रहेछ

खल्ती भारी भएपछि
सम्बन्धको तौल हलुका हुने रहेछ

स्वार्थको बजार बढेपछि
विश्वास सस्तो हुने रहेछ

सुखको भोज चलिरहँदा
आफन्तको भीड लाग्ने रहेछ

दुःखको ढोका खुल्नेबित्तिकै
त्यही भीड हराउने रहेछ

धनको उचाइ चढेपछि
मानिसको नजर फेरिने रहेछ

अवस्थाको घाम अस्ताएपछि
आफ्नै छायाँ टाढिने रहेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ