विश्वकपमा फ्रान्समाथि इङ्गल्याण्डको चमत्कारी प्रदर्शन, मध्यान्तरसम्म ४–० ले अगाडि
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
602
Shares
काठमाडौँ । विश्वकप फुटबलको तेस्रो स्थानका लागि भिडन्त भइरहेको छ । अमेरिकाको मायामीमा भइरहेको खेलमा फ्रान्स र इङ्गल्याण्ड भिडिरहेका छन् ।
मध्यान्तरसम्म इङ्गल्याण्डले चमत्कारी प्रदर्शन गरेको छ । इङ्गल्याण्डले ४–० ले अग्रता बनाएको छ । तेस्रो मिनेटमा डिफेन्डर–मिडफिल्डर डेक्लान राइसको गोलबाट खाता खोलेको इङ्गल्याण्डले १८ औँ मिनेटमा अग्रतालाई दोब्बर गर्यो ।
डिफेन्डर इज्रि कोन्साले गोल गरेका हुन् । त्सपछि मिडफिल्डर बुकायो साकाले दुई गोल गरेका छन् । उनले ३७ औँ मिनेट र मध्यान्तरको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे ।
मध्यान्तरअघिको खेलमा इङ्गल्याण्डबाट नियमित कप्तान ह्यारि केन र स्ट्राइकर जुड बेलिङ्घम मैदानमा प्रवेश गरेका छैनन् ।
जारी विश्वकपमा समान ६ गोल गरेका दुवै खेलाडीको उपस्थिति बिना नै इङ्गल्याण्डले चमत्कारी प्रदर्शन गरेको छ ।
सेमिफाइनलमा फ्रान्स स्पेनसँग २-० ले र इङ्गल्याण्डसँग २-१ ले पराजित भएको थियो ।