arrow

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
pashupati-mandir-83-4-1.jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

काठमाडौँ । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।  

शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।

साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो। 

श्रद्धालुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्था मिलाएको छ। 

सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो चुरा, पोते र पहिरनमा सजिएर भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति र अटल सौभाग्यको कामना गर्ने गर्दछन्।

pashupati-darshan-83-4-1 (2).jpg
pashupati-darshan-83-4-1 (3).jpg
pashupati-darshan-83-4-1 (4).jpg
pashupati-darshan-83-4-1 (5).jpg
pashupati-darshan-83-4-1 (6).jpg
pashupati-darshan-83-4-1 (7).jpg
pashupati-darshan-83-4-1 (8).jpg
pashupati-darshan-83-4-1 (9).jpg
pashupati-darshan-83-4-1 (10).jpg
pashupati-darshan-83-4-1 (11).jpg
pashupati-darshan-83-4-1 (12).jpg
pashupati-darshan-83-4-1 (13).jpg
pashupati-darshan-83-4-1 (14).jpg
pashupati-darshan-83-4-1 (15).jpg
pashupati-darshan-83-4-1 (16).jpg
pashupati-darshan-83-4-1 (17).jpg
pashupati-darshan-83-4-1 (18).jpg
pashupati-darshan-83-4-1 (19).jpg
pashupati-darshan-83-4-1 (20).jpg
pashupati-darshan-83-4-1 (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ