arrow

हरित बैङ्किङ पद्धति प्रवर्द्धनका लागि कुमारी बैङ्क र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
kumari-bank-mou-min-ergy-Initiatives-july-2026.jpg

काठमाडौँ। सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारी मार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैङ्क लिमिटेडले दिगो बैङ्किङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनीतिक परियोजनाका लागि सम्झौता गरेको छ। 

उक्त सम्झौता पत्रमा कुमारी बैङ्कका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पर्यावरण तथा हरित बैङ्किङ प्रवर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैङ्कको लागि योग्य बनाउने र बैङ्कलाई पनि लक्षित समुदाय अनुरूप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयामहरूमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ।

“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबिचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैङ्किङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैङ्कको दिगो बैङ्किङ विभागका प्रमुख अर्पण पौडेलले भने। “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”

नेपालका अग्रणी वित्तीय संस्थाहरूमध्येको एक कुमारी बैङ्कले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ। हाल कुमारी बैङ्कले आफ्ना २८६ शाखा, ३०४ एटिएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैङ्किङ एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत् सञ्जाल र अत्याधुनिक डिजिटल बैङ्किङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैङ्क, र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित प्रवर्द्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्त्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ