arrow

दुई महिनासम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
ministry-of-health-and food-safety.jpg

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो ।

मन्त्रालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने छ ।

‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी (६०) दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएकोले उल्लिखित कर्मचारीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने रु विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।

मन्त्रालयको अनुसार उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा कान्ति बाल अस्पताल महाराजगन्ज, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ