arrow

गौरादहमा जलवायु न्यायका लागि युवाहरूको सचेतना अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
climate-jhapa.jpg

काठमाडौँ । झापाको गौरादहमा जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने र युवाहरूलाई वातावरण संरक्षणमा सक्रिय बनाउने उद्देश्यले ‘क्लाइमेट जस्टिस अवेयरनेसः फ्रम स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न भएको छ।

इन्टरनेसनल एसोसिएसन अफ स्टुडेन्ट्स इन एग्रिकल्चर एन्ड रिलेटेड साइन्सेज (आईएएएस) नेपाल एलसी गौरादहको आयोजना तथा गौरादह कृषि क्याम्पस, डिगो विकास इन्स्टिच्युट र सीजेएआई एलुम्नाई–२०२६ को सहकार्यमा बुधबार गौरादह बजार क्षेत्रमा यो कार्यक्रम आयोजना गरिएको हो।

अभियानअन्तर्गत आयोजना गरिएको फ्ल्यास मोब, सडक नाटक तथा सचेतनामूलक र्‍यालीमार्फत जलवायु न्याय, वन विनाश, फोहोर व्यवस्थापन र प्लास्टिकको बढ्दो प्रयोगले कृषि एवं जैविक विविधतामा पारेको नकारात्मक प्रभावबारे समुदायलाई सचेत गराइएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले जलवायु परिवर्तनको स्थानीय असर न्यूनीकरण गर्न स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज र युवा वर्गबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिए। आयोजकका अनुसार ‘सडकबाट कार्यमा’ भन्ने नारासहित सञ्चालित यस अभियानको मुख्य उद्देश्य जलवायु न्यायको अवधारणालाई तल्लो तहसम्म पुर्‍याउँदै युवाहरूमा वातावरणीय नेतृत्व विकास गर्नु हो। कार्यक्रममा विभिन्न शैक्षिक र सामाजिक संघसंस्था, युवा तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ