arrow

आगामी आर्थिक वर्ष कानून सुधारको वर्ष हुने

१६६ विधेयक संसद्‍मा पेस गरिने: कानूनमन्त्री गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
sobita-upper-house.jpg

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षमा सरकारले संसद्का दुवै सदनमा कुल १६६ वटा विधेयक पेस गर्ने तयारी गरेको जानकारी दिएकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सम्बोधन गर्दै मन्त्री गौतमले आगामी आर्थिक वर्षलाई 'कानून सुधारको वर्ष' का रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

उनले कानून निर्माण प्रक्रियालाई थप चुस्त, प्रभावकारी र समयसापेक्ष बनाउनका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभा र संसदीय समितिका सभापतिहरूसँग मन्त्रालयले निरन्तर समन्वय र सहकार्य गर्ने बताइन्। यसका साथै कानून निर्माणको समग्र जगलाई व्यवस्थित गर्नका लागि विधायन व्यवस्थासम्बन्धी विधेयक समेत छिट्टै जारी गरिने उनले स्पष्ट पारिन्।

सरकारले सदनमा पेस गर्न लागेका यी विधेयकहरूको मन्त्रालयगत प्राथमिकता र विस्तृत विवरण मन्त्री गौतमको सचिवालयले गुगल ड्राइभ लिङ्कमार्फत सार्वजनिक समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ