arrow

रास्वपालाई सांसद गंगादेवीको प्रश्न - सिंहदरबार जलेको भिडियो सँगै बसेर हेर्न सक्नुहुन्छ ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
geetadevi-shrestha-31-03.jpg

काठमाडौँ। एमाले सांसद गङ्गादेवी श्रेष्ठले राप्रपा सांसदहरूलाई सिंहदरबार जलेको भिडियो सँगै बसेर हेर्न सक्नुहुन्छ ? भनी प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारको सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमाथि पनि कडा टिप्पणी गरिन् । 

उनले भ्रष्टाचारविरुद्ध कारबाहीको नाममा सरकारले "नाटक" गरिरहेको आरोप लगाउँदै सरकार आफैँले मुद्दा सिर्जना गर्ने र आफैं कारबाहीको अभिनय गर्ने प्रवृत्ति देखाएको टिप्पणी गरिन्।

सुकुम्बासी बस्तीमा डोजर चलाएर जनतालाई उठिबास लगाइएको, चुनावअघि गरिएका वाचा पूरा नभएको तथा गरिबमाथि अन्याय भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्। गरिब, सुकुमवासी र विपन्न वर्गप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको उनको आरोप थियो।

सांसद श्रेष्ठले पछिल्लो समय ‘जेन-जी’ आन्दोलनको नाममा स्कुले बालबालिकालाई सडकमा उतारिएको, योजनाबद्ध रूपमा हिंसा भड्काउने प्रयास भएको तथा हतियार र रासायनिक पदार्थ प्रयोगको तयारी गरिएको आरोपसमेत लगाइन्।

आन्दोलनका योजनाकार र त्यसमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्नुपर्ने उनको माग थियो।

उनले पूर्व तथा वर्तमान केही सांसदसमेत यस्ता गतिविधिमा संलग्न रहेको दाबी गर्दै प्रमाण नष्ट गरेर सत्य लुकाउन नसकिने चेतावनी दिइन्।

"आज समय कसैको पक्षमा हुन सक्छ, तर इतिहासले अन्ततः सबैलाई न्याय गर्छ," भन्दै उनले संसद्भित्र र बाहिर भएका गतिविधिको निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिन्।

सभामुखले समय अभावका कारण आफ्नो भनाइ छोट्याउन निर्देशन दिएपछि पनि सांसद श्रेष्ठले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियता, सुशासन र जनजीविकाका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ