arrow

बढ्यो सप्तकोशी नदीमा पानीको बहाव, बालियो रातो बत्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
saptakoshi-most-dangered.jpg
तस्बिर : फाइल

इनरुवा । पूर्वी पहाडी तथा तराईका विभिन्न  जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव राति एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा  फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ