arrow

तोलामा छ सय बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा छ सय बढ्दा चाँदीको ३५ रुपैयाँ घटेको छ । 

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँ रहेको थियो।

यता,गत शुक्रबार प्रतितोला चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर चार हजार चार सय ७५ रुपैयाँ कायम भएको छ। 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ