arrow

तोलामा सत्ताइस सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई हजार सात सय र चाँदीको एक सय ५० रुपैयाँ बढेको हो। 

मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ रहेको थियो।

यता, बिहीबार प्रतितोला चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।  

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ