arrow

कालीमाटी बजारमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
tarkari-vegitable.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। वर्षायामको समयमा बजारमा केही तरकारी र फलफूलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५ र गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २८ कायम भएको छ। त्यसैगरी आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो र मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ मा कारोबार भइरहेको छ।

कालीमाटी बजारमा गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ३२ र सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २० तोकिएको छ। यस्तै भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ३५, बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६० र भटमास कोसा प्रतिकिलो रु १०० कायम भएको छ। तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल र तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२०, पिँडालु प्रतिकिलो रु १०० तथा इस्कुस र ब्रोकाउली प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ।

सागपाततर्फ रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो र चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, जिरीको साग प्रतिकिलो रु ९० र सौफको साग प्रतिकिलो रु ६० तोकिएको छ। विशेष तरकारीमा कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १००, चुकन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा र तोफु प्रतिकिलो रु १६० तथा गुन्द्रुक प्रतिकिलो रु ३५० निर्धारण भएको छ। च्याउतर्फ कन्य र राजा च्याउ प्रतिकिलो रु ३००, डल्ले च्याउ प्रतिकिलो रु ४५० र सिताके च्याउ प्रतिकिलो रु १,००० रहेको छ।

फलफूल बजारमा स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) प्रतिदर्जन रु २५०, केरा (मालभोग) प्रतिदर्जन रु २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६० र आँप (दशहरी) प्रतिकिलो रु ७० कायम भएको छ। त्यस्तै तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल र लोकलक्रस) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ।

बजारमा अдуवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ६० र अकबरे खुर्सानी प्रतिकिलो रु २५० कायम भएको छ। त्यस्तै हरियो लसुन प्रतिकिलो रु १२० र हरियो धनियाँ प्रतिकिलो रु ८० रहेको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ