arrow

बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता तान्दै राष्ट्र बैंक

आज दिउँसो ३ बजेसम्म बोलकबोल खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै १९ दिने निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोलमा भाग लिन सक्नेछन्।

यो निक्षेप सङ्कलन उपकरण आजै (असार २६ गते) निष्कासन गरिनेछ भने यसको साँवा तथा आर्जित ब्याज आगामी असोज २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यस उपकरणको ब्याजदर भने बोलकबोल प्रक्रियाकै माध्यमबाट निर्धारण हुनेछ।

सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (६० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकका अनुसार यस निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ